धर्म परिवर्तन गराउने नियतले प्रचार प्रसार गर्दै हिड्ने ४ नेपाली सहित ७ बिदेशी कोल्हवी प्रहरीको नियन्त्रणमा

कोल्हवी न्युज ब्यूरो
२०८० फाल्गुन ३०, बुधबार १७:२१

कोल्हवी: मधेस प्रदेश अन्तर्गत बारा जिल्ला कोल्हवी नगरपालिका वडा न.५ रामवन स्थित धर्म परिवर्तन गराउने नियतले स्थानिय बासिन्दाको घर- घरमा गएका भनि हिडेको स्थानियको आरोप पस्चात ई.प्र.का कोल्हवि बाट खटी गएको टोलिले  हिजो राती ९ बजे ४ नेपाली सहित ७ बिदेशी नागरिकहरु लाई नियन्त्रणमा लिएको थियो।

 

पक्राउ पर्नेमा चार नेपाली नागरिक कोल्हवी न.पा -५ रामवन बस्ने बर्ष -२९ का बिजेन्द्र मुखिया,जिल्ला संखुवासभा धर्मदेवी न.पा -६  बस्ने सिवन राई,लमजुङ बेशिसहर-५ बस्ने आदेश गुरुङ र काभ्रे नवबुद्ध न.पा ६ बस्ने फुर्वा लामा रहेका छन।

 

यसै गरि ७ बिदेसी नागरिकमा श्यामु जुमि रोड्ने,रेस रिबियुनारोन,फोर्डथम्स चलन,क्याननब्लेक विल्लम नागी,टिमिह्यन्स्सेथिटियुपोटो,फिलिप्स ह्यान्जोय र जिसेभ सोफिक्यलया रहेका छन।

 

कोल्हवी नगरपालिकामा रहेको एक चर्चमा कार्यक्रमको लागि आएका उक्त बिदेशी नागरिकहरु भिजिट भीषा मार्फत नेपाल आएको बुजिएको छ र हिजोनै कोल्हवी न.पा ५ रामबन गाउँमा राती करिब नौ बजेको समयमा क्रिश्चियन धर्मको प्रचार प्रसार गरि धर्म परिवर्तन गराउने उद्देश्यले  हिडेको थाहा भए पछि स्थानिय रबिन्द्र चौधरी,सुरज बिक्रम लगायतका ब्यक्तिहरुले प्रहरिलाई खबर गरि उनिहरुलाई ई.प्र.का कोल्हविले नियन्त्रणमा लिएको थियो।

 

उनिहरु बा. सि -०७९० न.को फोर्स मिनिबसमा काठमाडौ देखि आएका र राती धर्म परिवर्तन्का नाममा गाउँ छिरेका थिए।निज बिदेशी नागरिकहरुलाई अध्यागमन बिभाग काठमाडौ पठाईएको र बाकी चार नेपालिलाई धर्म सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोल्हविमा राखिएको ई.प्र.का कोल्हविका प्रहरी निरीक्षक भोलामान सिह अधिकारिले कोल्हवी न्युजलाई जानकारी दिनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*