शालिन मृत्यु प्रकरण : झुन्डिएकै कारण मृत्यु भएकाे अस्पतालकाे पुष्टि

कोल्हवी न्यूज
२०८० फाल्गुन २०, आईतवार १८:२२

 चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलले आत्महत्या नै गरेको काठमाण्डौको त्रिवि शिक्षण अस्पतालले पुष्टि गरेको छ ।

शालिनमाथि बलात्कार नभएको र झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टमले देखाएको अस्पतालले जनाएको छ । पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै सङ्केत नभेटिएको पनि अस्पतालको भनाइ छ ।

गएको फागुन १२ गते विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर परिवारले अस्पतालको विश्वास नभएको भनेर विरोध गरेपछि काठमाण्डौ ल्याएर पोस्टमार्टम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*