‘एक्टर’मा प्रदीपसँग देखिँदै दिलीप रायमाझीकी छोरी

कोल्हवी न्यूज
२०८० फाल्गुन १७, बिहीबार १४:२८ गते

फिल्म ‘एक्टर’मा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी अनुबन्ध भएकी छन्।

बिहीबार निर्माण टिम र दिव्याका तर्फबाट बुवा दिलीपबीच सम्झौता भएको हो।

निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न सहमति जनाएकी हुन्।

अमेरिकामा अध्ययनरत दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न राजी भएको बताएकी छन्।

दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदै छिन्। दिव्या रायमाझी

हाल अमेरिकामा रहेकी दिव्या यसअघि ‘वरिष्ठ बलराम’ मा पनि मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ।

एक्टरमा पनि दिव्याको मुख्य भूमिका हुने बताइएको छ।

प्रदीप खड्काको मुख्य भूमिकामा बन्ने एक्टरमा आना शर्मा र राज बल्लभ पनि अनुबन्ध भइसकेका छन्।

यस फिल्मलाई राजन भुसाल र थमन भण्डारीले मिलेर बनाउनेछन्। वैशाखबाट सुटिङ सुरु हुने फिल्मको प्रदर्शन कात्तिक १५ गतेबाट हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*