पूजालाई फ्यानको सल्लाह– ‘अझै स्लिम हुनु’

कोल्हवी न्यूज
२०८० फाल्गुन १५, मंगलवार १७:३२ गते

अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहन्छिन् । उनले प्रायः आफ्ना गतिविधिहरु हरेक दिन सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन् ।

यहि क्रममा मंगलवार पनि उनले एउटा तस्विर पोस्ट गरेकी छिन् । तस्विरसंगै उनले एउटा क्याप्सन पनि लेखेकी छिन् । पुजा लेख्छिन् – ‘कहिले गते बिर्सन्छु, कहिले वार बिर्सन्छु, तिमी साथमा भयौ भने म संसार बिर्सन्छु ।’

योसँगै उनले नयाँ कोसेली भन्दै नमस्कार र फूलको इमोजी शेयर गरेकी छिन् । पक्कै पनि यो उनको नयाँ म्यूजिक भिडियो अथवा फिल्मको गीतको बोल हुनु पर्छ ।

तर यहाँ पूजाको नयाँ काम के हो ? भन्दा पनि उनले लगाएको पहिरन र उनको फिगरलाई लिएर फ्यानहरुले कमेन्ट गरेका छन् । कमेन्ट गर्ने क्रममा पूजालाई केहि फ्यानहरुले कस्तो पहिरन हो यो ? भनेर प्रश्नसमेत गरेका छन् भने केहिले भने पूजालाई थप स्लिम हुने सल्लाह दिएका छन् । त्यस्तै धेरैले उनको उक्त तस्विरमा ‘सुन्दर’ भनेर कमेन्ट पनि गरेका छन् ।

उक्त तस्विरमा पूजाले लगाएको जालीदार गुलावी रंगको टु–पिस पहिरन र कर्ली हेयर स्टाइलले उनलाई सुन्दरका साथै न्यू लूक दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*