बाराको निजगढमा शंकासपद बस्तु पड्किदा चार जना घाईते

कोल्हवी न्युज
२०८० फाल्गुन १४, सोमबार १४:१९

कोल्हवी:बाराको निजगढ नगरपालिका– ७ सहिद चोकमा ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना घाइते भएका छन्। सहिद चोकस्थित रोहित वर्कसपमा काम गर्दै गरेको अवस्थामा आज मध्याह्न अचानक ग्यास सिलिन्डर विस्फोट हुँदा चारजना घाइते भएका हुन्।

घाइतेमध्ये दुईजना गम्भीर रहेका, एकको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको बताइएको छ। घाइते चारैजनाको निजगढ नगरपालिका– ९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

घाइतेहरूको पहिचान हुन बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान र विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ। नयाँ पत्रीका बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*