‘एनिमल’ बन्यो भारतमा सबैभन्दा धेरै ओपनिङ गर्ने तेस्रो सिनेमा

कोल्हवी न्यूज
२०८० मंसिर १६, शनिबार १४:०४ गते

सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’ सबैभन्दा धेरै ओपनिङ बिजनेस गर्ने तेस्रो ठूलो सिनेमा बनेको छ । रिलिजको पहिलो दिन शुक्रबार बलिउडमा ५४.७५ करोड ओपनिङ कलेक्सन गर्दै ‘एनिमल’ सबैभन्दा धेरै ओपनिङ गर्ने तेस्रो ठूलो हिन्दी सिनेमा बनेको हो ।

बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट तरण आदर्शका अनुसार ‘जवान’ले पहिलो दिन ६५.५० करोड र ‘पठान’ले ५५ करोडको ओपनिङ कलेक्सन गरेका थिए । त्यसपछि तेस्रो नम्बरमा ‘एनिमल’ आइपुगेको हो ।

‘केजीएफ’ले ५३.९५ र ‘वार’ले ५१.६० करोड पहिलो दिनमा कलेक्सन गरेको तथ्यांक छ ।

सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’मा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*