भारतको केरलमा बम विस्फोट, एक जनाको मृत्यु, ३६ घाइते

कोल्हवी न्यूज
२०८० कार्तिक १२, आईतवार १६:५०

भारतको केरलाको कोच्चिस्थित सम्मेलन केन्द्रमा दुईवटा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

येहोवा विटनेस कन्भेन्सन सेन्टरमा तीन दिने कार्यक्रम चलिरहेको थियो । आइतबार कार्यक्रमको अन्तिम दिन थियो । येहोवा विटनेस एक इसाई समुदाय हो । प्रत्यक्षदर्शीका अनुसार विस्फोटका ठुलो आवाज सुनिएको बताए ।

केरलका एडीजीपी अधिकारी अजीत कुमारका अनुसार करिब २ हजार मानिस सहभागी कार्यक्रमा दुईवटा बस विस्फोट भएको थियो । बम ‘इम्प्रोभाइज्ड एक्प्लोसिफ डिभाइस ९आईईडी० रहेको थियो । राज्यका डीजीपी शेख दवेशले घटनाको जाँच सुरु गरिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*