रौतहटमा बसको ठक्करबाट १ को मृत्यु, २ जना घाइते

कोल्हवी न्यूज
२०८० कार्तिक १०, शुक्रबार १७:००

रौतहटमा बसको ठक्करबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । काठमाडौंबाट रौतहटको पिप्राबजारतर्फ आउँदै गरेको ना ६ ख १४६३ नम्बरको बडिगार्ड बसको ठक्करबाट माधवनारायण नरपालिका–६ का ६५ वर्षीय ब्रम्हदेव दास तत्माको घटनास्थलमै मृत्यु भएको हो ।

रौतहटमा बसको ठक्करबाट १ को मृत्यु, २ जना घाइते

उनी आफ्नै घर अगाडि बिहान धुनी तापेर बसिरहेका बेला बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

तत्मालाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस नजिकै रहेको स्थानीयको घरको भित्तामा ठोक्किन पुगेको थियो । त्यसै क्रममा घरधनी फेकु दास र उनकी श्रीमती सुमित्रा देवी घाइते भएको जिल्ला प्रहरी कार्यलय गौरका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बताए । ‘जिल्ला प्रहरीमा बसको चालक भनेर एक जना आएका छन्,’ उनले भने, ‘अहिले सोधपुछ भइरहेको छ । चालक हुन वा होइन भन्ने खुलेको छैन । अनुसन्धान भइरहेको छ ।’

घाइते दुवैको गौर अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक गुप्ताले बताए ।इकान्तीपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*