बाराको कोल्हवीमा अखाद्य वस्तु छ्याप्छ्यप्ती,सम्बन्धित निकाय वेखबर
कोल्हवी: बारा जिल्ला अन्तर्गत पर्ने कोल्हवी नगरपालिकामा चाडपर्व नजिकिदै गर्दा अखाद्य उपभोग्य बस्तु छ्यापछ्यप्ती भेटिन थालेका छन।
कोल्हवीको थारु सेवा सदनका सदस्यहरुले आज बिहान चिया सङ खानको लागि स्थानिय होटल बाट ल्याईएको इन्डियन पार्ले जि कम्पनिको बिस्कुट डेट स्पायर भेटे पछि स्थानिय सन्चारकर्मीहरुलाई सचेतनाको लागि सम्बन्धित निकायलाई जानकारी हेतु खबर गराएका छन।
केही दिन अघि मात्र कोल्हवी नगरपालिका वडा न.१० थस्कौल बाट एक स्थानियले दुषित पानी बिक्रि बितरणका लागि ल्याईएको पाएपछी ईलाका प्रहरी कार्यालयमा उपभोक्ता माथी खेलवाड गर्ने भन्दै माहागढिमाई नगरपालिका वाड न.४ मा रहेको गढिमाई नेचुरल रिसोर्स पानी फ्याक्ट्री माथी कार्वाहिको माग गर्दै निवेदन दिएका थिए।पछि खाद्य तथा गुण नियन्त्रण बिभाग,बिरगंज ,जिल्ला प्रसासन कार्यालय,बारा र स्थानिय सन्चार्कर्मी हरुको रोहबरमा दुषित पानी परिक्षणका लागि जनकपुर पठाईएको छ।
उता ईलाका प्रहरी कार्यालय ,कोल्हविका प्रहरी निरीक्षक भोला मान सिह अधिकारीलाई जानकारी गराउदा यस बिषयमा उपभोक्तले निवेदन नदिइ आफुहरु के अधारमा कार्वाही प्रकृया अघि बढाउने भन्दै जवाफ फर्काएका थिए।खाद्य नियमावली अनुसार डेट स्पायर खाद्य बस्तु उपभोक्तले पाएमा स्थलगत रुपमा रु.२० हजार देखि रु. ३ लाख सम्म जरिवाना गर्न सकिने प्रावधान रहेको खाद्य तथा गुण नियन्त्रण बिभाग,बिरगंजका प्रतिनिधि बिक्किको भनाई रहेको छ।
बाराको कोल्हविमा यस्ता घटना बिगत देखिनै देखिदै आएपनी सम्बन्धित निकायले सहि तरिकाले र स्थानिय निकायले ध्यान नदिदा कोल्हविका आम उपभोक्ताले बारम्बार अखाद्य बस्तु खान बाध्य हुनु परेको छ।गाउले परिबेसको बजार भएका कारण पनि सम्बन्धि निकायले यस बिषयमा उचित तरिकाले न कार्वाही गर्न सकेको छ नत उचित नियमन गरि छनबिननै गर्न सकिरहेको छ।यस बिषयमा अब सम्बन्धित निकायको उचित ध्यान जान जरुरी रहेको स्थानीय उपभोक्ताहरुको समेत आग्रह रहेको छ।