ई.प्र.का कोल्हवीले जफत गर्यो अशुद्ध पिउने पानी,परिक्षणका लागि खाद्य प्रबिधी पठाईयो

कोल्हवी न्युज
२०८० आश्विन १४, आईतवार १४:०१

कोल्हवी: बाराको ई.प्र.का कोल्हविले बजारमा बिक्रि बितरणका लागि लादै गरेको बाराको माहागढिमाई नगरपालिका वडा न.४ मा अवस्थित गढिमाई नेचुरल रिसोर्स क.बाट उत्पादित शुद्ध अमृत जल पानी खराब पाईएको उजुरिका आधारमा कोल्हवी नगरपालिका वडा न.११ थस्कौल बाट जफत गरेको हो।

 

ई.प्र.का कोल्हविले यहि असोज १० गते जफत गरेको खराब दुषित पानी आज जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारि कृष्ण आचार्य,खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय,बिरगंजका बिक्की राउत, जिल्ला प्रशासन कार्यलय बाराका ना.सु रत्न स्याङ्सतान, स्थानिय पत्रकारहरुको रोहबरमा थप परिक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुर पठाइएको छ।

 

बजार बाट प्रहरीको टोलिले ३७ थान जार पानी र३९ कार्टुन बोत्तल पानी नियन्त्रणमा लिएको थियो।अनुगमन टोलिले अनुगमनका क्रममा पानीमा लेवल नभएको,उपभोग्य मिति कुनै मा अस्पस्ट भएको कुनै बोत्तलमा नभएको पाईएपछी टोलिले पानी परिक्षणका लागि जनकपुर पठाएको हो।

 

अनुगमनका क्रममा बजारमा उक्त ब्याचको पानी बिक्रि बितरणमा पुर्ण प्रतिबन्ध गरिएको र पानी परिक्षण पश्चात् थप कारर्वाही प्रकृया अघि बढाईने साहायक प्रमुख जिल्ला अधिकरिले कोल्हवी न्युजलाई जानकारी दिनु भएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*