बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

कोल्हवी न्युज
२०८० आश्विन ७, आईतवार १४:१६

कोल्हवी:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले भ्रष्टाचार मुद्दामा प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, भवन निर्माण समिति अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्तप्रसाद र कोषाध्यक्ष किरण देवी यादवलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।

सिम्रौनगढ नगरपालिका-८ स्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएकाे हाे।

उनीहरूविरुद्ध जनही ६ लाख ५८ हजार ४ सय ४० रुपैयाँ १६ पैसा बिगो दाबी गरिएको छ।

प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएभन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको आरोप उनीहरूमाथि छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*