बारा प्रहरीद्वारा एक करोड ५१ लाख रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा
बाराको पथलैयाबाट प्रहरीले अबैध एक करोड ५१ लाख रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । बिहीबार र शुक्रवार प्रहरीले अन्दाजी एक करोड ५१ लाख रुपैया बरावरको सामान सहित ट्रक नियन्त्रणमा लिएको हो ।
पथलैयाबाट खटिएको प्रहरीको विशेष टोलीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट रुपन्देहीतर्फ जादै गरेकोवा.प्र.–०३–००१.ख.२३११ नम्बरको ट्रक रोकी चेक जाँच गर्दा विलबिजक भन्दा ५१ लाख ४६ हजार ७ सय २४ रूपैया बढीको खुद्रासामानहरु फेला परेको थियो ।
खुद्रा सामानहरु सहितको ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए । त्यस्त जीतपुरसिमरा उपमहानगरपालिका .वडा नम्बर २१ अम्लेखगंजमा बिलबिजक नभएको ३ वटा ट्रकमा लोड गरिएको सामान र पिकअपमा लोड गरिएको पाँचवटा गाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वीरगञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको ना.६.ख.००८० नम्बरको ट्रकमा खुद्रा सामान करिब २३ लाख १ हजार ८ सय २६ मुल्यको, ना.३.ख.७३११ नम्बरको ट्रकमा खुद्रा सामानहरु २३ लाख २७ हजार १ सय ६० रुपैयाको, ना.३.ख.४५६० नम्बरको ट्रकमा खुद्रा सामानहरु २५ लाख ९८ हजार ३ सय ४२ रुपैयाको र हेटौडाबाट महोत्तरी तर्फ जादै गरेको बा.२१.च.८९९७ नम्बरको पिकअप गाडीमा अनलाईन बिल नभएको पाँच लाख मुल्य बराबरको पाँच वधटा गाँई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।
त्यस्तै काठमाडौँबाट मलगंवातर्फ जाँदै गरेको प ३ ०१ ००६ नम्बरको बसमा १० वटा कार्टनुमा लोड गरिएको १८ लाख ४६ हजार ४ सय २० मुल्य बराबरको डिस्पोजल ईलेक्ट्रोनिक सिग्रेट निजगढबाट प्रहरीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ट्रकहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि राजश्व अनुसन्धानको कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले बताएका छन् ।