आफ्नो नैतिकता बिर्सेर अरूको चरित्र हत्या गर्दा मागे माफी

कोल्हवी न्युज
२०८० श्रावण १५, सोमबार १७:४१

कोल्हवी-बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ मा वडा अध्यक्ष पदमा जनताले पराजित गराईदिदाँ पनि नैतिक हिन भएका सुरेन्द्र प्रसाद साहले कार्यपालिका सदस्यमा बस्नु कतिको उचित हो ? यदि साह निर्वाचनमा पराजित भईसकेपछि के नैतिकताको आधारमा उनलाई कार्यपालिका सदस्यमा बस्न मिल्छ त भन्ने प्रश्नहरू उठ्न थालेका छन् ।

त्यहीँ नैतिक हिन भएका साहले करिब एक साता अगाडि सामाजिक संजालमा लेख्नुभएको थियो, घोर निन्दनीय आपत्ति! आज करैयामाई गाउँपालिका वडा नम्बर ८ को कार्यालय नरहीमा कार्यरत कार्यालय सहयोगी पारस पासवान कुटपिटबाट गम्भीर घाईते भएको हो ।

करैयामाई गाउँपालिका वडा नम्बर ८ बेलाहीका राजकिशोर चौधरीका छोरा काठमाडौंमा सरकारी शिक्षक पदमा कार्यरत रोचक चौधरी भनिने नवीन चौधरीले बिना कुनै कारण एक्कासी कार्यालयमा पुगि पारस खोज्दै भेट्ने बितिकै मरणासन्न हुने गरि कुटपिट गर्दा गम्भीर घाईते भएको हो। वडा न.८ का वडा सदस्य अब्दुल मियाँ धुनियाले कुट्ने आदेश दिदै कुट्न लगाएको हो।

बेलाही टोलका १०-१५ जना गुण्डाहरू बोलाएर वडा सदस्यले आफ्नो रोहबरमा कुट्न लगाएको हो।अहिले पिडित प्रादेशिक अस्पताल कलैयामा उपचारत छन्।वडा सदस्य अब्दुलले नियम विपरीत काम गराउन खोज्दा कर्मचारीहरूले नमानेपछि गुण्डा बोलाएर कुटपिट गराएका हुन ।

कार्यपालिका सदस्य साहले लेखेपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । सामाजिक संजालमा साहको चर्को विरोध भईरहेको छ । कार्यपालिका सदस्य साहले चौधरीको बारेमा सत्य तथ्य नै नबुझी लेखेपछि चौधरीले साइबर क्राईममा निवेदन दिने मनसाय बनाएपछि साहले फस्ने भएपछि छलफलका लागि आईतवार न्यायीक समितिमा बोलाईयो ।कार्यपालिका सदस्य साहले चौधरीसँग माफी मागेपछि सहमति भयो ।

चौधरीले अब कुनै उपरान्त साईबर क्राईममा निवेदन दर्ता नगराउने भनी सहमति भयो गाउँपालिकाका एक कर्मचारीले सुनाउनुभयो । चौधरीले माफी दिएपछि साहले सामुहिक माफी माग्दै सामाजिक संजालमा लेखिएका गतिविधि हटाईएको हो ।

साहले सामाजिक संजालमा अब उपरान्त त्यस्ता गतिविधि नलेख्ने समेत सहमति भएको जानकारी दिनुभयो । साहले लेखेको कुराले सम्प्रदायिक कुराहरू समेत उठेकोले अब देखि त्यस्ता गतिविधि नगर्न समेत न्यायीक समितिका संयोजक सुनैना थरूनीले कार्यपालिका सदस्य साहलाई निर्देशन दिएपछि विवाद टुङ्गो लागेको हो ।

आईतवार करैयामाई गाउँपालिकाको न्यायीक समितिमा छलफल हुदा कार्यपालिका सदस्य रहेका साहले सामाजिक संजालमा चरित्र हत्या हुने खालका गतिविधि लेखेपछि माफी मागेको गाउँपालिका श्रोतले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*