मकवानपुरमा तरकारी बोकेको गाडी दुर्घटना, तीन जना घाइते

कोल्हवी न्यूज
२०८० श्रावण ११, बिहीबार ०७:५३

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ जुरिखेतमा तरकारी बोकेको गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

गएराती भिमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा मार्खुबाट तरकारी लोड लिई हेटौडा तर्फ जान आउदै गरेको बा प्र ०३–००१ च ०६९४ नम्बरको योद्धा पिकअप गाडि आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल सडकमा खसि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रमुख टेक बहादुर कार्कीले बताउनुभयो ।

गाडी दुर्घटनामा परी हेटौंडा–८ कमाने बस्ने २३ वर्षिय रिकेश क्षेत्री, गाडीमा सवार मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–१ सिमभन्ज्याङ बस्ने ६९ वर्षिय डम्बर बहादुर थापा मगर र हेटौडा –१० टिसिएनरोड बस्ने ३३ वर्षिय मातृका प्रसाद खनाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*