चन्द्रनिगाहपुरबाट ब्राउन सुगरसहित युवक पक्राउ

कोल्हवी न्यूज
२०८० असार ११, सोमबार १३:०७

रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिहापुरबाट लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विवेक गुरो रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एक नारायण कोइरालाले बताएका छन् ।

प्रहरीले चेकजाँच गर्ने क्रममा गुरोको शरीरमा लुकाएर राखेका १।४६० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाई छ । गुरोले प्रयोग गरेको ना ५८ प ४२४६ नम्बरको स्पेलेण्डर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको तथा जिल्ला अदालत गौरबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*