२६८ थान नक्कली नोटसहित एक जना पक्राउ

कोल्हवी न्यूज
२०७९ चैत्र २५, शनिबार १७:२१

सर्लाहीमा २६८ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन‍्।

बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय रामप्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रामप्रसादबाट उक्त नोट बरामद गरेको हो।

कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डल पनि उनीबाट बरामद भएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*