जितपु्र-सिमरा उप-माहानगरपालिकाले अमानतमा नदिजन्य पदार्थ बिक्रि गरि करोडौ राजश्वमा ब्रम्महलुट
कोल्हबी न्युज ब्युरो:जितपुर-सिमारा उप-माहानगरपालिकाको कार्यालय जितपुरले सर्वसाधारणको घरायसी प्रयोजनकोलागि भन्दै नदिजन्य पदार्थ (ढुङा,बालुवा,गिट्टी,माटो) उत्खनन् गरि अमानतमा बिक्रि गर्न खोला खुलाए संगै उप-माहानगरपालिकाको राजस्वमा ब्रम्महलुट मच्चाउदै आफ्ना पार्टिका कार्यकर्ता पोस्न नगर प्रमुख राजन पौडेल र वडा अध्यक्षको मिलोमतोमा राजस्व अपचलन गरेको प्रमाण कोल्हबी न्युजले फेलापारेको छ।
पालिकाले मिति २०७९फाल्गुण ३ गते देखि आफ्नो उप-माहानगर पालिका भित्र रहेको खोलाहरु दुधौरा,बालगंगा(बंगरी)र पसाहा खोलाबाट नदिजन्य पदार्थ सर्वसाधारणलाई (घरायसी प्रयोजनकोलागि मात्र) बिक्री गर्न कार्याबिधी बनाइ बिक्री गर्दा उप-माहानगरको करोडौं रकमको राजस्व अपचलन हुने देखिएको छ।
उप-माहानगरपालिकाको तीनवटै खोलाका वडा कार्यालयबाट काटिएको राजस्व रसिदमा एउटै रसिदको नम्बर प्रयोग गर्दै फरक फरक मिति प्रयोग गरि एउटा सवारी साधनले पाँच देखि सात पटक सम्म ढुङ्गा ,गिट्टी,बालुवा ओसार गरि राजस्वमा अपचन गर्दै ब्रम्महलुट मच्चाइएको स्थानीय सुरक्षार्थ खटिएको प्रहरी श्रोतले किल्हबी न्युजलाइ बताएको छ।
मिति २०७९/१२/०३ गते उप-माहानगरपालिकाको १६ नं वडा कार्यालयबाट काटिएको राजस्व रसिदमा एउटै नम्बरको रसिद प्रयोगगरि ६ पटक सम्म नदिजन्य पदार्थ मिक्स ग्रेबल बोकेको एक ट्रेक्टरलाइ प्रहरिले चेक जाच गर्दा यस्तो लुट बाहिर सार्वजनिक भएको हो।
प्रहरी स्रोतका अनुसार एक डुमरवानाका ट्रयाक्टर धनिले पसाहा खोलाबाट पिलुवा-कलैया मार्ग हुँदै कलैयाको मटिअर्वामा बिक्री गर्न लग्दै गरेको मिक्स ग्रेबल बोकेको ट्रयाक्टरलाई बडहर्वामा चौकमा जांच गर्दा फरक मितिमा एउटै रसिद नम्बर प्रयोग गरि राजस्वमा अपचलन गरेको प्रमाण फेला परिसकेपछी सुरक्षार्थ खटिएको प्रहरिले सम्बन्धित सवारी र धनिलाइ कार्वाहीको लागि वडा कार्यालय पठाउदा समेत कार्वाही नगरिएको प्रहरी स्रोतले कोल्हबी न्युजलाई बताएको छ।प्रती सेफ्टी ११ रुपैयाको दरले प्रती ट्रेयक्टर एक पटकको ९९० रुपैया तिर्नुपर्छ तर सवारी धनिले एउटा रसिद काटी सात पटकसम्म नदिजन्य पदार्थ ओसार्दा प्रती सवारी धनीले ५ देखि ७ हजार राजस्व अपचलन हुदा प्रती दिन २ सय देखि ३५०सवारी साधनको ५ देखि ७ लाख अपचलन हुने र सो बापत सम्बधित वडा र प्रमुख पौडेललाई सो रकम सवारी धनिले तोकिएका एजेन्ट मार्फत नजराना बुझाउदै आएको १८ नंम्बर वडा शिव लामाको आरोप रहेको छ।
स्थानीय ४,१४,१५,१६,र १७ नम्बर वडाका सरोकारवाला वडाबासिका अनुसार उपमाहानगर प्रमुख राजन पौडेल र नाका व्यवस्थापन तथा अनुगमन संयोजक वडा अध्यक्षको मिलोमतोमा नगरको राजस्व अपचलन गरि अफ्ना पार्टिका कार्यकर्ता पोस्न खोला तस्करहरुसंग मोटो रकम असुल्न गिरोह समेत परिचालन गरि रकम उठाइएको आरोप समेत लगाएका छ्न।
यस बिषयमा बुझ्नकोलागि हामिले उप-माहानगर प्रवक्ता भोज बाहादुर खत्री (इश्वर ) संग बुझ्दा राजस्व अपचलन नगरले गर्दैन भएको पनि छैन तर खोलाबाट नदिजन्य पदार्थ तस्करि भने भएको हुनसक्ने प्रतिक्रिया दिएका छ्न। यता प्रमुख पौडेल संग हामिले बुझ्न खोज्दा उनी कोल्हवी न्युजको सम्पर्कमा आउन चाहेनन् ।