पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयो

कोल्हवी न्यूज
२०७९ फाल्गुन २८, आईतवार १४:१२

पाल्पामा भएको टिपर दुर्घटनामा चालकको ज्यान गएको छ ।

माथागढी गाउँपालिका-६ झडेवा रहबास सडक खण्डमा बिहान भएको दुर्घटनामा रुपन्देही तिलोत्तमा ११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

लु २ ख ११९६ नम्बरको खाली टिपर दुर्घटनामा चालक गुरुङको घटनास्थलमै ज्यान गएको हो । टिपरमा रहेका माथागढी ७ झडेवाका ५० वर्षीय हुमबहादुर परियार घाइते हुनुभएको छ ।

उहाँलाई उपचारका लागि सदरमुकाम तानसेन पठाइएको प्रहरीले जनाएको छ ।उज्यालोबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*