चिठ्ठामा पावर बैक पर्छ भनि प्लास्टिकका खोलमा माटो भरेर बेच्ने २ जना भारतिय नागरिक पक्राउ

कोल्हवी न्युज
२०७९ फाल्गुन १६, मंगलवार ००:३७

रुपन्देही:चिठ्ठाको नाममा पावर वैँक पर्यो भनी पावर बैकको खोलभित्र गिलो माटो राखी बिक्री गर्ने दुई जना भारतिय मुलका नागरिकहरु रुपन्देहीको सालझण्डीबाट पक्राउ परेका छन ।
फागुन १४ गते दिउँसो रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. १० सालझण्डी झिमझीमे स्थितमा भारतिय नम्बरको मोटरसाईकल अगाडी पछाडी PRESS लेखेको UP 55 AF 1519 नम्बरको हिरो स्पेलेन्डर मोटरसाईकलमा आएका दुईजना मानिसहरुले नेपाली रु ५० को चिठ्ठा काटेमा केही कपडा र MI कम्पनीको मोवाईलको original पावर बैक पर्ने भनी मानिसहरुलाई झुक्यानमा पारी रु ५० को चिठ्ठा स्क्र्याच गर्दा सवैमा पावर बैक पर्ने पहिले नै सेट गरिएको कुपनहरु बिक्री गरी, उक्त पावर वैक परे पछी पुन नेपाली रु १२०० रुपैया दिनु पर्ने र सो पावर बैकको बजार मुल्य ३२०० पर्ने र हाल यसमा चार्ज नभएकोले घरमा लगी ४/५ घण्टा चार्ज गरेपछी मात्र काम गर्छ भनी मानिसहरुलाई झुक्यानमा पारी ठगी गरीरहेको अवस्थामा फेला पारी चेकजाच गर्दा स्क्रयाच कुपन थान ७९ र MI 20000 mh लेखेको पलाष्टिकको बट्टा (पावर वैक) थान ६ समेत फेला परेका, उक्त पावर बैक खोली भित्र हेर्दा केहि ओसिलो माटो भरेको तथा साधारण खालका पुराना मोबाईलका ब्याट्री जोडेको अवस्थामा फेला परेकोले निहहरुलाई तत्काल पक्राउ गरी ठगी सम्बन्धी कसुर अन्तर्गत सम्मानित जिल्ला अदालत रुपन्देहीवाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको छ ।
पक्राउ परेका व्यक्तिहरु ;
१.भारत देश सिदार्थनगर जिल्ला चन्दनताय गाउ बस्ने बर्ष २८ को विवेक कुमार भट्ट ।
२.भारत देश सिदार्थनगर जिल्ला चन्दनराय गाउ बस्ने वर्ष २५ को सर्वेश कुमार भट्ट ।
बरामद गरीएका समानहरु ;
१.MI 20000 mh लेखेको पलाष्टिकको बट्टा माटो सहितको (पावर वैक) थान ६ ।
२.डाटा केवल थान ६ ।
३.साडी, कुर्ता, सर्ट पाईन्टको कपडा थान १/१
४.स्क्रयाच कुपन थान ७९ ।
५.नगद रु ३,४२० ।
६.ठगी गर्न प्रयोग गरेको Press लेखिएको UP 55 AF 1519 नम्बरको स्पेलेन्डर मोटरसाईकल थान १ रहेको ईलाका प्रहरी कार्यालय साल्झण्डिले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*