भक्तपुरमा कुखुरा फार्ममा आगलागी हुँदा ९ लाख रुपैयाँ बराबरको क्षति

कोल्हवी न्यूज
२०७९ फाल्गुन २, मंगलवार ०८:१६

भक्तपुरमा कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्रोइलर कुखुराको चल्ला जलेर नष्ट भएको छ ।

हिजो भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति चोकमा स्थानीय ध्रुव दाहालको जग्गा भाडा लिइ काठमाण्डौ कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी भएको हो । आगलागीबाट कुखुराको चल्ला र फार्म जल्दा नौ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भइ अचानक आगलागी भएको उहाँले बताउनुभयो । जुद्ध वारुणयन्त्र भक्तपुरको दुईवटा दमकल र नेपाल प्रहरीको ३० जनाको टोलीले फार्मको आगो निभाएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*