५० हजार बरावरको अवैध सामान प्रहरीद्वारा नियन्त्रण
जिल्ला प्रहरी कार्यालय झापाले करिब ५० हजार रपैयाँ पर्ने अवैध सामान नियन्त्रणमा लिएको छ । हिजो बुधाबार लुकाईछिपाइ ल्याएको हार्डवयेरका सामान वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार वडा १५ देवीवस्तीबाट अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको सो सामान बरामद गरिएको छ । बरामद गरिएको सामान भद्रपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।