चौध वर्षे भतिजलाई प्रहार गरेपछि कन्चटमा गोली हानी आत्महत्या गरे साहले

कोल्हवी न्यूज
२०७९ कार्तिक २, बुधबार ०८:४८

झापाको गौरादह नगरपालिका वडा नं ८ बैराती स्कुल अगाडि एक पुरुषले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । गौरादह नगरपालिका ८ बस्ने बिरन साहले पेस्तोलले गोली हानेर आत्महत्या गरेका हुन् ।

आफूलाई पेस्तोल प्रहार गर्नुअघि उनले आफ्ना भतिजालाई गोली हानेका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा उनले ‘ह्याण्ड मेड’ पेस्तोलबाट गोली हानेको प्रहरीले जनाएको छ ।

भतिजलाई गोली हानिएभन्दा करिब ५० मिटर उत्तरमा रहेको गेउरिया खोला किनार बासझ्याङ्गमुनि साह गम्भीर अवस्थामा फेला परेको वडाध्यक्ष गणेश राजवंशीले जानकारी दिए ।

प्रहरीका अनुसार उनको साथबाट १ थान पेस्तोल २ थान म्याग्जिन र १४ राउण्ड गोली बरामद भएको छ ।

गोली लागेर गम्भीर घाइते भएका १४ वर्षीय बालकलाई उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको छ ।

घटना हुनुअघि सामान्य पारिवारिक विवाद भएको तथा घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आत्महत्या गर्ने बिरन साह पूर्व प्रहरी रहेको बुझिएको छ ।हाम्राकुराबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*