भाउजुसँगको अनैतिक सम्बन्ध बचाउन दाजुको हत्या, १२ वर्षपछि पक्राउ

कोल्हवी न्यूज
२०७९ आश्विन ३१, सोमबार १४:०७

कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाएका प्रेमबहादुर राना १२ वर्षपछि पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका( १९ का रानालाई प्रहरीले करिब १२ वर्षपछि भक्तपुरबाट पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाए पनि त्यसयता फरार रहेका रानालाई शनिबार महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार रानाले दाजु नाता लाग्ने छिमेकी ३२ वर्षीय सूर्यबहादुर रानाको हत्या गरेका थिए । उनलाई दाङ‚ देउखुरीस्थित जिल्ला अदालतले जन्मकैद ९२० वर्ष० को फैसला सुनाएको थियो । पक्राउ परेका रानालाई आइतबारै कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको डीएसपी पाण्डेले बताए ।

बेहोस बनाएर हत्या

घोराही उपमहानगरपालिका( १९ का राना वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । उनकी श्रीमती र परिवार भने गाउँमै थिए । सूर्यबहादुर कतार हुँदा यता घरमा उनकी श्रीमती विन्दु राना र देवर नाता पर्ने छिमेकी प्रेमबहादुर रानाबीच अनैतिक सम्बन्ध सुरु भएको थियो ।

सूर्यबहादुर २ वर्ष कतार बसेर ०६७ सालमा गाउँमा फर्किए । तर‚ राना घर आएको पाँचौं दिनमै प्रेम र विन्दुले आफ्नो अनैतिक सम्बन्ध बचाउन सूर्यबहादुरको हत्या गरेका थिए । प्रहरीका अनुसार विन्दुले सूर्यबहादुरलाई जाँडमा धतुरो मिसाएर खुवाएकी थिइन् । त्यसपछि बेहोस भएका सूर्यबहादुरको घाँटी थिची उनीहरूले हत्या गरेका थिए ।

उनको शव जंगलको भिरालो खोल्सामा फालिएको अवस्थामा फेला परेको थियो । सूर्यबहादुरको हत्यापछि प्रेमबहादुर भने फरार भएका थिए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*