हिमालयन पावर पार्टनरको करिब ५ लाख कित्ता सेयर बेच्दै उषा इन्भेष्टमेन्ट
२०७९ आश्विन २८, शुक्रबार ०८:२८ गते
उषा इन्भेष्टमेन्ट प्रा।लीले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको ४ लाख ९५ हजार कित्ता सेयर बिक्रि गर्ने भएको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।
विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धि कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियमन सम्बन्धि निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत अन्तर्गत सेयर विक्री गर्न लागेको स्पष्ट पारेको छ।










