दसैंपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप ४ अर्ब बढ्यो, कर्जा प्रवाह घट्यो

कोल्हवी न्यूज
२०७९ आश्विन २५, मंगलवार १३:३३ गते

दसैंपछि बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब रुपैयाँ निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार दसैंअघि असोज १३ गते बैंक तथा वित्तीय संस्थाहरुमा कुल ५१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि गत आइतबार ५१ खर्ब २७ अर्ब पुगेको छ ।

जसमध्ये वाणिज्य बैंकहरुमा भने जम्मा १ अर्ब मात्रै निक्षेप थपिएको छ । वाणिज्य बैंकहरुमा हाल कुल ४५ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह भने दसैंअघिको तुलनामा १२ अर्ब घटेको छ । असोज १३ गतेसम्म कुल ४७ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा गत आइतबार ४७ खर्ब २६ अर्बमा झरेको छ । सो अवधिमा वाणिज्य बैंकहरुको मात्रै कर्जा प्रवाह ११ अर्ब घटेको छ । वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ८६ अर्ब कायम भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*