जितपुरसिमारा उप-माहानगरपालिकाको नयाँ उपहार:नागरिकता सिफारिस समेतमा कर
कोल्हवी:गत स्थानिय निर्वाचनमा जितपुरसिमारा उपमाहानगर पालिकामा पाँच दलिय गठबन्धन बाट निर्वाचित नेकपा(माओबादी केन्द्र) बाट निर्वाचित नगर प्रमुख (मेयर) राजन पौडेलले नगरका नागरिकलाइ नयाँ उपाहार दिएका छ्न।
नयाँ उपाहारमा अब नागरिकता सिफारिसमा समेत कर तिर्नुपर्ने भएको छ।आर्थिक बर्ष २०७९/८० को बजेटमा उनले दिएको यो उपाहार भने गजबको छ।अब १६ बर्ष पुगेका बालिग नागरिकले वडा मार्फत नागरिकता सिफारिस लिनजादा २२५ रुपौया कर तिर्नु पर्छ।
नागरिकता लिन नेपालिको नैसर्गिक संबैधानिक अधिकार भए पनि उनले गरिब निमुखा नागरिकको ढाड सेक्ने गरि यो नयाँ कर लगाएर निशुल्क नागरिकता पाउने अधिकारलाइ बन्चित गरेको १८ नं वडाका श्याम पाखृनले कोल्हबी न्युजलाइ प्रतिक्रिया दिए।
स्थानिय तहको निर्वाचन जित्नु अघि उनले नगरबासी माथी थोपारिएको अनावश्यक कर घटाउने देखि फिर्ता लिने समेत घोषणा गरे पनि उल्टै नागरिकता सिफारिसमा समेत नयाँ कर थपेर भ्रष्ट व्यवस्थाको पक्षपोषण गरेको डुमरवानाका १५ का सहिद परिवार सुदर्शन राज पाण्डेको आरोप छ।
यस उ.म.न.पाले थप सर्प दंन्स उपचार भन्दै २५ रुपौया लिने गरेको समेत पाइको छ। यस नगरका नागरिकलाई सर्पले टोके उपचार गर्न बिरगंज र छिमेकी भारतको डंकनमा उपचार गर्न लग्नु बाहेक अर्को बिकल्प छैन तर यहाँ नगर प्रमुख पौडेलले यसरी सर्पदंन्सको नाममा कर उठाउनु लुटको साम्राज्य खडा गर्न खोजेको भन्दै फत्तेपुर १२ का हरि किसोरले प्रतिक्रिया दिए।
नगर भित्रका विभिन्न उद्द्योग कलकारखाना बजार अनि नगरभित्रका घरधनी संग ऐनले तोकेको कर न उठाइ निमुखा नागरिकलाइ झन कर माथी कर थोपेर उनी बिचौलिया र नव धनाडयको प्रतिनिधि रहेको सहिद परिवर पाण्डेले कोहल्बी न्युजलाई थप प्रतिक्रिया दिए।