बाराको कोल्हवीमा खानेपानी, सरसफाई स्व्च्छता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोल्हवी न्युज
२०७९ आश्विन ७, शुक्रबार २३:५९ गते

कोल्हवी:बाराको कोल्हविमा आज खानेपानी सरसफाई तथा स्व्च्छता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरीको प्रमुख आतित्यथामा ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो भने उप- मेयर लक्ष्मी कुमारी चौधरिले स्व्वगत गर्नु भएको थियो! कार्यक्रमको आयोजना नेपाल नगरपालिका संघ र कोल्हवी नगरपालिकाको आयोजनामा भएको हो भने यसलाई नेपाल नगरपालिका संघ,फिनल्यान्ड सरकार र युनिसेफका प्रतिनिधिहरुको उपस्तिथिमा सहजीकरण गरिएको थियो!
यस कार्यक्रमको उद्देश्य बारे नेपाल नगरपालिका संघका रबि बैजुले प्रष्ट पार्नु भएको थियो भने,सरसफाईका अवस्थाका बारेमा नेपाल नगरपालिकाको वास क्षेत्रगत शुशासन अवस्थाका सरसफाई बिज्ञ चन्द्र भक्त बिष्टले प्रष्ट पार्नु भएको थियो!हाल यश कार्यक्रम मधेश प्रदेशका १७ नगरपालिकामा संचालन भैरहेको छ! कार्यक्रममा अबका दिनमा कोल्हवी नगरपालिकामा स्वच्छ खानेपानी र ढल ब्यबस्थापन विषयक यस सङ्ग सम्बन्धित थप विषय वस्तुमा कोल्हवी नगरपालिकाका सबै वडाका वडा अध्यक्ष र वडा प्रतिनिधिहरु बिच आगामी दिनहरुमा कसरी जान सकिन्छ भनी करिब ४ घण्टा छलफल भएको थियो!
कार्यक्रमलाई अब कोल्हवी नगरपालिकामा अघि बढाउन सकिन्छ र लैजाने छौ भनी उप-मेयर लक्ष्मी कुमारी चौधरीले र वडा न.४ का वडा अध्यक्षले प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।कार्यक्रमको संचालन युनिसेफ बाराका हिरालाल चौधरिले गर्नु भएको थियो!हाल कोल्हवी नगरपालिकामा ६२० घर धुरी रहेको वडा न.४ को सपहिमा स्वच्छ खानेपानी सुर्योदय खानेपानी सरसफाई उपभोक्ता समितिले मात्रा खुवाई रहेको छ।नेपाल सरकारले सन२०३० सम्ममा प्रत्येक नागरिकका लागि स्वच्छ खानेपानी र ढल ब्यब्स्थापन गर्ने लक्ष राखेको छ!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*