काठमाडौँका सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध

कोल्हवी न्यूज
२०७९ आश्विन १, शनिबार ०९:३९ गते

काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध गरिएको छ।

महानगरपालिकाको ११ औं अधिवेशनले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यन्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबार (असोज १ गते)देखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु सुल्पा, कक्कडका साथै कच्चा सुर्ती, खैनी, गुट्खालगायत पदार्थ सेवन गर्न निषेध गरेको हो।

महानगरपालिकाले यसअघि नै सूचना निकालेर कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट निकाल्ने वा एक सय रुपैयाँसम्म जरिबाना गर्ने जनाएको छ। सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*