अन्ठाउन्न बर्षिय ताराकुमारी लामालाई ह्विल चियर

कोल्हवी न्युज
२०७९ भाद्र ३०, बिहीबार १६:१२

मकवानपुर:लायन्स क्लव अफ मकवानपुर, हेल्प डेक्सले असहाय एक महिलालाई ह्विल चियर प्रदान गरेकोे छ ।
लायन्स हेल्प डेक्स मकवानपुरले आज हेटौडा १३ स्थित एक कार्यक्रम आयोजना गरेर असहाय ५८ वर्सिय ताराकुमारी लामालाई ह्विल चियर प्रदान गरेकोे हो!हेल्प डेक्सका अध्यक्ष धुव्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स
कल्व अफ मल्टिपल अन्तरास्ट्रिय संयोजक लायन रमेश अग्रवाल,डिस्ट्रीट गर्भनर अमरबहादुर श्रेष्ठ,प्रथम भाइस डिस्ट्रीट गर्भनर डिएन अग्रवाल लगायत लायन्स लिडरहरुको उपस्थिती थियो ।
विगत ५ वर्षदेखी थलिएर रहेको ताराकुमारी लामालाई निजको घरमा पुगेर ह्विल चियर प्रदान गर्ने क्रममा भावविव्हल बन्न पुगेकी थिइन । हालसम्म कसैको यस्तो किसिमको सहयोग र माया नपाएको उहाँको गुनासो थियो ।
स्थानिय तथा लायन्स सरस्वती ब्लोनको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव लायन हरीहर खतिवडाले गरेका थिए भने तथा कल्बका पुर्व अध्यक्ष प्रविण मैनालीको सक्रियतामा कार्यक्रम गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*