चाडपर्व आयो तामागढी मार्टनै किन जाने
कोल्हवी:बारा जिल्लाको कोल्हवी नगरपालिकामा अवस्थित करिब एक बर्ष अगाडि स्थापना भएको तामागढी मार्ट यस नगरपालिकाकै पहिलो सहकारी द्वारा संचालित मार्ट हो।
कोल्हवी नगरपालिका वडा न.१ मा कोल्हवी बजार बाट उत्तर पट्टि रहेको यस मार्ट तामागढी ग्रुप अफ कम्पनिजले २०७८-१-१५ मा आफ्ना ग्राहक हरुका लागि अन्यत्र नगै यहि बाट घरायसी समान सर्बसुलभ मुल्यमा उपलब्ध गराउने उद्देश्य सहित मार्टमा किराना सामग्री ,खाध्यान्न,पेय पदार्थ,कस्मेटिक,फ्रोजन फुड्स,घरायसी उपकरण लगायत ३१९० प्रकारका घरेलु सामाग्री उपलब्ध गराएको छ।
यस तामागढी मार्टले आफना ग्राहक हरुलाइ थप सुबिधा होस भनी आफ्ना सेयर सदस्य ग्राहकहरुलाई सामान खरिद गर्दा हरेक रु. १०० को सामान खरिदमा २ पोइन्ट्स र गैर सदस्यहरुलाई १ पोइन्ट्स दिने गरेको छ। त्यसमा कुनै पनि सदस्य ग्राहकको २०० पोइन्ट्स पुगेपछी ग्राहक हरुले रु.२५० को गिफ्ट भौचरमा परिवर्तन गरि रु.२५० बराबरको जुनसुकै सामान मार्ट बाट खरिद गर्न सक्नेछन।
यस तामागढी मार्टले आफ्नो ग्राहक हरुलाईआउदै गरेको चाडपर्व लाई लक्ष्यित गर्दै यस पटक दशै,तिहार र छठ पर्व सम्मका लागि घरायसी उपकरण हरुमा ३० प्रतिशत सम्मको छुट ब्यबस्था गरेको छ!मार्टले यो योजनालाई आज भदौ २५ गते देखि असोज ९ गते सम्मका लागि खुल्ला गरेको छ।









