कोल्हवी नगरकै सबै भन्दा पुरानो विद्यालय अनुप दिपनीले विद्यार्थी लुट्दै
कोल्हवी:बारा जिल्लाको कोल्हबी नगरपालिका स्थित श्री अनुपदिपनी माध्यमिक बिद्यालयले ग्रेड बृद्धिको फारमका लागि बिद्यार्थीहरुसंग नियम विपरीत बढी शुल्क असुली गरिरहेको तथ्य बाहिरिएको छ ।
एसईईको नतिजा ग्रेड बृद्धिको पुःन परिक्षा दिन परिक्षा नियन्त्रण कार्यालयले दिएको निर्देशन विपरीत बढी रकम असुली गरेको अभिभावकहरुले गुनासो गरेका हुन् । नियममा पाँच सय रुपैया लिने निर्देशन भए पनि सो बिद्यालयले ६ सय रुपैयाको दरले रकम कृषि बिकास बैंक शाखा कार्यालय कोलहबीको खाता नम्बर ०५२६७०१३९०८२२९०११ मा रकम जम्मा गर्न लगाउने गरेको अभिभावकहरुले बताएका छन् ।
उक्त बिद्यालयको प्रमुख प्रचार्य रामप्रकाश चौधरी संग सो बिषयमा प्रतिकृया लिंदा वहाँले बिदार्थीहरु संग एक सय रुपैया बढी लिएको स्वीकार गर्नु भएको छ । र सो सय रुपैया लिए वापत बिद्यालय प्रशासनले नै उनीहरुको फारम भरी दिने गरेका छन् ।
कोल्हबी नगरपालिकाका नगर शिक्षा संयोजक मिश्रीलाल साहले बिदार्थीहरु संग कुनै पनि बाहानामा थप शुल्क लिन नपाइने, र सो कार्य तत्काल बन्द गराई कारवाहीको दायरामा ल्याउने बताउनु भएको छ । त्यस्तै ग्रेड बृद्धिका लागि बिद्यार्थीहरु संग थप शुल्क लिएको बिषयमा आफुलाई जानकारी नरहेको बताउँदै यदि बिद्यालयले बढि शुल्क लिएको भए पनि सो रकमले बिद्यालयलाई सहयोग हुने बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष अजय कुमार साहले बताउनु भयो ।