रिटर्नी माईग्रेट नेपाल को ५ औं स्थापना दिवस का अवसरमा आज निजगढमा शुभकामना कार्यक्रम सम्पन्न

कोल्हवी न्युज
२०७९ श्रावण २५, बुधबार १९:०६ गते

कोल्हवी:प्रवासबाट आर्जित सीप ज्ञान् र पुजी स्वदेश का लागि भन्ने मुल नारा सहित , रिटर्नी माईग्रेट नेपाल को ५ औं स्थापना दिवस का अवसरमा आज निजगढ पार्टी प्यालेसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रिटर्नी माईग्रेट केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज रामकृष्ण घिमिरे तथा बारा जिल्ला अध्यक्ष रसिक सुवेदी लगायत बिदेश बाट फर्किएका हरु को उपस्थित मा केक काटेर शुभकामना आदानप्रदान गरिएको थियो ।
उक्त कार्यक्रमको अध्क्षता रिटर्नी माईग्रेट नेपाल बारा जिल्ला अध्यक्ष रसिक सुवेदीले गर्नु भएको थियो भने प्रमुख अतिथीमा रिटर्नी माईग्रेट नेपाल केन्द्रीय सचिव तथा मधेश प्रदेश ईन्चार्ज रामकृष्ण धिमिरे उपस्थित हुनु हुन्थ्यो त्यस्तै कार्यक्रमको बिशिस्ट अतिथि मा नेकपा एमालेको मधेश प्रदेश सदस्य एक बहादुर श्रेष्ठ , अथितिमा रिटर्नी माईग्रेट नेपाल मधेश प्रदेश सदस्य तथा कोल्हवी नगर अध्यक्ष बरिस्ठ युवा समाजसेवी सुजन अधिकारी को उपस्थिति रहेको थियो।
कार्यक्रममा रिटर्नी माईग्रेट का केन्द्रीय सचिव, मधेश प्रदेश इन्चार्ज र प्रमुख अतिथी रामकृष्ण घिमिरेले शुभकामना दिनु भएको थियो भने बिशिस्ट अतिथि नेकपा एमालेको मधेश प्रदेश सदस्य एक बहादुर श्रेष्ठ ले शुभकामना मन्तव्य दिनु भएको थियो । साथै कार्यक्रमको सञ्चालन थानेश्वर सापकोटा अविरलले गर्नु भएको थियो भने कार्यक्रमको समापन रिटर्नी माईग्रेट नेपाल बारा जिल्ला अध्यक्ष रसिक सुवेदीले गर्नु भएको थियो।
रिटर्नी माईग्रेट नेपाल को सहकार्य तथा UNDP को आर्थिक सहयोग मा नेपाल भर का १५६ पालिका तथा बारा का ३ पालिका मा वैदेशिक रोजगार बाट फर्किएका लाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न तालिम हरु सन्चालन भईरहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*