कोल्हवी नगरपालिकामा मनलाग्दी शुरु,मेयर राम प्रसादलाई असफल बनाउने प्रयास
कोल्हवी: बारा जिल्ला अन्तर्गत पर्ने कोल्हवी नगरपालिकामा मनलाग्दी शुरु भएको छ!
स्थानिय तहको निर्वाचन पछि कोल्हवी नगरपालिकामा ११ वडा रहेकोमा वडा न.२,३ र११ मा पुरानै अध्यक्ष दोहोरिए पनि बाकी वडा र नगरपालिकामा मेयर र उप-मेयर भने नयाँ अनुहारका आएका हुन।जसमा मेयर राम प्रसाद चौधरी र उप- मेयरमा लक्ष्मी चौधरी काङ्ग्रेस बाट निर्वाचित भएर आएका हुन।
नयाँ मेयर अनि नयाँ उप- मेयर र बहुमत जनप्रतिनिधी नयाँ आएपछी नगरपालिकामा अन्यौलता सिर्जना भएको छ।अन्यौलता पनि यस्तो तरिकाले भएको छ कि नगरपालिका बाट जारी हुने कतिपय सुचना मेयर राम प्रसाद चौधरीलाईनै थाहा नभएको उहाँ आफै स्विकार्नु हुन्छ। त्यति मात्र कहाँ होर आफैले हस्ताक्षर गरि जारी गरेको सुचना आफैलाई थाहा नभएको प्रशासकिय अधिकृत मोहम्मद साबिरको हास्यास्पद जवाफ आउँछ।त्यसो भए के नगरपालिका कुनै गिरोहले चलाउन थालेको हो त मेयर ज्यु?
किनकी कोल्हवी नगरपालिकाले नेपाल सरकारको संघीय मन्त्रालयबाट जारी सुचनालाई आधार मानी असार ३१ गते रोजगार सहायकको लागि सुचना प्रकाशित गर्दै दरखास्त आव्हान गर्यो।त्यो सुचना सार्बजनिक नगरी गोप्य राखियो।तर एका एक सुचना बाहिरिए पछि चासो राख्ने सर्बसाधारण निवेदन दिन जादा नगरपालिका कर्मचारीले येस्तो सूचना नगरपालिकाले जारी नगरेको भन्दै निवेदन लिन मानेन।यस विषयमा समाजिक सन्जालमा चौतर्फी बिरोध पछि कोल्हवी न्युजले अधिकृत साबिर सङ जानकारी लिदा आफैले हस्ताक्षर गरेको सुचना उनी आफैलाई थाहा नभएको र मेयर राम प्रसाद चौधरीलाई समेत जानकारी नभएको जवाफ हामिलाई फर्काए।त्यस्पछी कार्यपालिका बैठक बसि पुनःउक्त सुचना श्रावण ६ गते सार्बजनिक रुपमा नगरपालिकाले प्रकाशित गर्यो।यश बाट प्रस्ट हुन्छकी दाल मे कुछ काला हे।यसमा साबिरले गरेको हर्कत कि त मेयर राम प्रसाद चौधरिलाई थाहा हुनु पर्छ हैन भने आम जनता बाट निर्वाचित मेयर सङ समन्वय नगरी कसरी एकलौटी आफ्नै ढंगबाट सुचना प्रकाशित हुन्छ।
यति हदसम्म हुदापनी मेयर राम प्रसाद चौधरी मुक्दर्सक हुनु शन्कास्पद समेत रहेको छ।हदको पराकाष्ठा नाघ्दै केही दिन अघि अति महत्वपूर्ण बिषय बकैया खोलाको ढुङ्गा,गिटि र बालुवाको बिषयमा प्रारम्भिक वाताबरणिय परिछण(IEE) प्रतिबेदन माथी नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम श्रावण १८ गते राख्यो तर त्यहा सार्वजनिक सुनुवाइ नभैइ गोप्य सुनुवाइ जस्तै १५/२० जनाको भेला भइ मेयरको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो।यो कुरा संबंधित पक्ष सबैलाइ जानकारी नगराईएको सरोकार वालाहरुले कोल्हवी न्युज सङ गुनासो पोखेका छन।
जबकी सार्वजनिक सुनुवाइ हुदा त्यहाका स्थानिय सरोकारवाला सम्पुर्ण निकायलाई यति धेरै महत्वपुर्ण बिषयमा जानकरिनै नगराई प्रशासकिय अधिकृत साबिर कलैयाको अर्को कार्यक्रममा उपस्थित हुन पुगे र झारा टार्ने पारामा लेखा अधिकृतलाई कार्यक्रमको जिम्मा दिएको जवाफ फर्काउछन।यस्तो गम्भीर बिषयमा समेत आम नगरबासिलाई जानकारी नगराउनु र यहाँका स्थानिय मिडियालाई समेत थाहा नदिनुले थप शंका उत्पन्न भएको छ।यश बिषयमा यहाँका स्थानिय मिडिया रेडियो पातालगङाका धिरेन्द्र पनुहर,रेडियो कोल्हवीका अनिल प्रित चौधरी र कोल्हवी न्युजलाई समेत जानकारी गराईएननै त्यति मात्र नभई जनप्रतिनिधीहरुलाई समेत जानकारी नाअएको वडा न. १,३,8,9 का वडा अध्यक्षहरुले ब्कोल्हवी न्युजलाई बताएका छन।उता स्थानीय माओबादी नेता तपेस्वर राय चौधरीले पनि यस्तो बिषयमा आम सरोकारवाला हरुलाई जानकारी नगराउनु आपत्ति जनक भएको बताउछन।
यसरी नगरपालिकामा प्रशासकिय अधिकृत मोहमद साबिरको आफनै पारामा च्ल्ने अवस्थाले मेयर राम प्रसाद चौधरी समेत बदनाम हुने संकेत देखिन थालेको छ।महत्वपुर्ण बिषयमा मेयर सङ समन्वय नग्रने कर्मचारीलाई जथाभाबी काममा खटाउने जस्ता कृयाकलापले जनप्रतिनिधि ,सेवाग्राही र स्थानिय मिडियाहरु समेत आजकल नगरपालिका सङ रुष्ट हुँदै गएका छन।










