मधेस प्रदेश सरकार द्वारा बेटि बचाऔ,बेटि पढाऔ कार्यक्रममा करोडौं भ्रष्टाचार

कोल्हवी न्युज
२०७९ श्रावण १९, बिहीबार ११:३५ गते

कोल्हवी:बेटी बचाऔं, बेटी पढाऔं कार्यक्रमअन्तर्गत छात्राहरूलाई बाँड्न भनेर किनिएका साइकलमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मधेसका मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिव यमलाल भुसालसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा हिजो दायर अभियोगपत्रमा १६ हजार ३८ साइकल खरिद गर्दा १० करोड ३३ लाख भ्रष्टाचार गरेको उल्लेख छ । भ्रष्टाचारको आशंकामा गत असोज १३ गते अख्तियार टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*