कोल्हवी नगरपालिकाका मेयरले बाँडे किसानलाई कृषि सामग्री

कोल्हवी न्युज
२०७९ असार २१, मंगलवार १३:३० गते

कोल्हवी:बारा जिल्लाको कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरीले आज एक कार्यक्रमका बिच किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गर्नु भएको छ। श्री हनुमानगन्ज एकीकृत पशुपन्छी तथा कृषि सहकारी संस्था लि. कोल्हवी २ बाराको आयोजना तथा कोल्हवि नगरपालिकाको सहयोगमा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष हरिओम मैनालीले कोल्हवी न्युजलाई जानकारी दिनु भएको छ। संस्थाले आ.व.०७८/०७९ को मकै पकेट कार्यक्रम अन्तर्गत रु.७०००००( सात लाख मात्र)बराबरको कृषि सामाग्री अनुदान प्राप्त गरि कुल ६० भन्दा बढी किसानलाई रोटाभेटर,हाइरो,स्प्रे ट्यान्की र त्रिपाल लगायतका सामाग्री प्राप्त गरेका हुन।कार्याक्रम्मा प्रमुख अथिती कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी रहनु भएको थियो। अतिथिहरुमा कृषि शाखा प्रमुख:जयबिर चौधरी ,सहकारी शाखा प्रमुख:लोकनाथ ओलि समाजसेवी श्रवण मैनाली,श्याम लामा,चिरन काफ्ले लगाएतका माहानुभावहरुको उपस्थिती रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*