हेटौंडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड, पूर्वाधार विकासमा सर्वाधिक एक अर्ब

कोल्हवी न्युज
२०७९ असार १२, आईतवार १७:२३ गते

कोल्हवी:हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपैयाँको बजेट ल्याएको छ । विवादका कारण शुक्रबार स्थगित नगरसभा तीनबुँदे सहमतिपछि आज सुरु भएको हो । नगरसभामा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ । सामजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
वन तथा वातावरणतर्फ १२ करोड ६ लाख ८० हजार र सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
विविध कोषतर्फ ९९ लाख तथा बाग्मती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैयाँ विनियोजन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*