कोल्हवी नगरपालिकाको आठौं नगर सभा आज सम्पन्न

धिरेन्द्र पनुहर
२०७९ असार ९, बिहीबार १८:३३ गते

कोल्हवी न. पा.को आयोजना आठौ नगर सभा बिहिवार एक कार्यक्रमको बिच तामागढि पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री एवंम नेपाल सरकारका खानेपानी मन्त्री माननीय उमाकान्त चौधरी ,बिशिस्ट अतिथि बारा क्षेत्र न १ क का प्रदेस सान्सद त्रिलोकि चौधरी , कोल्हबि न पा का उपप्रमुख लक्ष्मी कुमारी चौधरी , १ देखि ११ वडाका वडा अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु, निमित प्रमुख प्रसाशकिय अधिकृत साबिर ठकुराइ , नेपाली कांग्रेस कोल्हबि नगर सभापति बिरेन्द्र चौधरी , एमाले नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी ,माओवादी केन्द्रका नगर अध्यक्ष रामचन्द्र साफि,लो स पाका नगर अध्यक्ष हरिचन्द्र पनुहर सुशासन पार्टीका अध्यक्ष ज्ञानेन्द्र चौधरी ,रा प्र पा का अध्यक्ष राजेन्द्र मैनाली , अनुप दिपनिका पुर्व प्राचार्य केवल चौधरी सपहि स्कुलका बि ब्या स अध्यक्ष तपेश्वर राय थारु ,समाजसेवि दुन्ढिराज उप्रेती ईलाका प्रशासन कार्यालय कोल्हबिका प्रमुख ईलाका प्रहरी कार्यालय कोल्हबिका प्र नि संतोष कुमार दहाल सशस्त्र बेस कोल्हबिका प्रमुख ,पत्रकार लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएको माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नो पहलमा यस कोल्हबि न पा का सम्पुर्ण जनताहरुलाइ शुद्धपानीको लागि प्रत्येक वडामा चपाकल गाढ्ने कार्य शुरु भै सकेको जानकारि दिनु भयो र बाराको कोल्हबिमा निर्माण हुने दोस्रो अन्तरास्ट्रिय बिमान स्थल जसरि पनि निर्माण भएर नै छोड्ने जिकिर गर्नु भयो। बजेट बनाउदा जहिले पनि किसानलाइ सम्झेर बजेट निर्माण गर्नु पर्छ र कोल्हबि नगरपालिकाको समृद्ध बिकासको लागि सम्पुर्ण जनप्रतिनिधिहरु एक आपसमा मिलेर अगाडी बढ्न निर्देशन दिनु भयो। कार्यक्रममा तेपेश्वर राय थारु,केवल प्रसाद चौधरी , ज्ञानु चौधरी,हरिचन्द्र पनुहर लगाएतकोले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सभापति नगर प्रमुख राम प्रसाद चौधरीले र कार्यक्रम संचालन अजय उप्रेतीले गर्नु भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*