के हो कोल्हवी नगरपालिकाको बजेट सिलिङको भित्रि रहस्य

अशेष ढुंगाना
२०७९ असार ७, मंगलवार ११:२० गते

कोल्हवी: बारा जिल्लामा पर्ने कोल्हवी नगरपालिकाले आ.व.०७९/०८० को बजेट सिलिङ तयार यहि असार ६ गते गरेको छ।हाल सालै स्थानिय तहको निर्वाचन सकिएर नया नेतृत्वमा काङ्ग्रेसका तर्फबाट मेयर राम प्रसाद चौधरी बिजयी भएका हुन। अहिले उक्त बजेट सिलिङ को विषयलाई लिएर कोल्हवी नगरमा अनेक टीका टिप्पणी शुरु भएको छ।सामाजिक संजाल मार्फत धेरैले यसलाई अनेक थरिका टिप्पणी गरेता पनि यसको भित्रि रहस्य भने फरक रहेको छ। पुर्व मेयर भरत भण्डारीका अनुसार आ.व०७८/०७९ मा नगरपालिका को बजेट बाट आधा पनि खर्च नभएको जिकिर गरेका छन।गत बर्षको बजेटमा हामिले आधा बजेट पनि खर्छ गरेका छैनौ।उता हालका मेयर राम प्रसाद चौधरीले भने नगरपालिकाले गत बर्षको बजेटमा चाहिने भन्दा बढी योजनाहरु सम्झौता भएकोले त्यस्को ब्य भार बोक्नुपर्ने अवस्था आएकोले बजेट अपुग भएको बताएका छन।उता पुर्व मेयर भण्डारी भने यो कुराम सहमत छैनन्।उहाँ भन्नू हुन्छ अघिल्लो बर्षको बजेट्को सिमामा रहेर वडालाई बजेट दिएको हुन्छ।यसपालिको बजेट सिलिङ नै कतौती गर्नु पर्ने तेस्तो केही कारणनै देख्दिन। उता हाल निर्वाचित भएका वडा अध्यक्षहरु भने पहिला करोड भन्दा माथी बजेट सिलिङ हुदा त बिकास गर्न समस्या देखिन्थ्यो यसपालिको बजेट सिलिङले आफुहरुलाई काम गर्न झन समस्या पर्ने भन्दै कोल्हवी न्युजलाई गुनासो गरेका छन।यसपाली नगरपालिकाले १र५ न.वडालाई ६० लाख का दरले र बाकी२,३,४,६,७,८,९,१०,र११ न.वडाहरुलाई क्रमश ५० लाखका दरले बजेट सिलिङ गरिएको छ।यो बजेट सिलिङको सर्बत्र आलोचना भैरहदा हालका मेयर राम प्रसाद चौधरीले नगरको ठूलो योजनाहरु जसमा नगरलेनै प्रत्यक्ष रुपमा खर्च गर्छ तेस्ता आयोजनाहर जस्तै: शिक्षा ,स्वास्थ्य र भौतिक निर्माणमा धेरै बजेट राखी वडा स्तरमा कम रकम परेको हुनसक्ने पुर्व मेयर भण्डारीको आसय रहेको छ। हामिले यश विषयमा मेयर राम प्रसाद चौधरीसङ जानकारी लिदा यहि असार ९ गते बस्ने नगर सभाले यसको बास्तबिकता जनता सामु छर्लङ्ग हुने गरि सबै कुरा बाहिर ल्याउने कोल्हबी न्युजलाई जानकारी गराउनु भएको छ।जान्कारी रहोस यो भन्दा अगाडि बर्षहरुमा कम बजेट सिलिङ भएको भन्दै कोल्हवी नगरपालिकाका केही वडा अध्यक्षहरुले बैठक माईन्युट च्यात्ने देखि लिएर नगरपालिकामा समेत तालाबन्दी गरेको दृष्टान्त रहेको छ। यता मेयर राम प्रसाद चौधरीले अब यस बिसयमा कसरी प्रस्तुत हुने भन्ने बारे आउदै गरेको असार ९ गतेको नगर सभालेनै बताउने प्रस्ट पारेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*