हेटौंडामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध अनेरास्ववियुको प्रदर्शन
कोल्हवी:हेटौडामा नेकपा एमाले निकट बिधार्थी संगठन अनेरास्ववियु मातहतका कमिटि अनेरास्ववियु हेटौडा नगर कमिटीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुध्द बिरोध प्रदशन गरेका छन lहेटौडाको मुख्य बजार खण्ड बुध्द चोकमाअनेरास्ववियुका नेता कार्यकर्ता तथा विधार्थीहरुको उपस्थितिमा उक्त प्रदर्शन भएको हो l
प्रदर्शनमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहाल गर्दै “नालायक सरकार राजिनामा दे, अर्थमन्त्र राजिमानामादे, युवा विधार्थी एक है, मूल्य वृद्धि खारेज गर, जनता मार्न पाइदैन मूल्य वृद्धि चाहिदैन, सडक हामि तताउछौ मूल्य वृद्धि घटाउछौ लगायतका नारा लगाएका थियो।
प्रदर्शनमा अनेरास्ववियु मकवनापुरका अध्यक्ष विशल पौडेलले हप्तौ पिछे यस नालायक सरकारले आम जन्ताको धार्ड शेकने गरि गर्दै आएको मूल्य वृद्धिमा आम जान समुदाय मौन बस्न नसक्ने र तत्काल मूल्य वृद्धिफिर्ता नालियामा अनेरास्ववियु आज ससक्त आन्दोलनमा होमिने र त्यसले शृजना हुनसक्ने परिस्थितको स्वयम नेपाल सरकार भागेदारी रहले समेत चेतावनी ददिनुभएको छ l
प्रदर्शनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, सचिवालय सदस्य किशन घिसिङ्ग, अनेरास्ववियु मकवानपुर अध्याक्ष विशाल पौडेल, उपाध्यक्ष भुवन मैनाली, अमृत बर्तौला, सचिब पुस्कर तिमल्सिना, सह-सचिब प्रमोद फुयाल, अखिल फोर्स तथा स्वयम् सेवक विभाग प्रमुख मनिष मान श्रेष्ठ, हेटौडा नगर कमिटी संयोजक नवराज शर्मा पौडेल, हेटौडा क्याम्पस संयोजक अभि मैनाली सहित विधार्थी नेता कार्यकर्ताको उपस्थिति रहेक थियो l










