कोल्हवी नगर उद्योग बाणिज्य संघमा सर्वसम्मतबाट अध्यक्षमा लक्ष्मीप्रसाद साह कलवार सहित केही पदाधिकारी चयन
कोल्हवी:कोल्हवी नगर उद्योग बाणिज्य संघको निर्वाचनमा सर्वसहमत्तबाट अध्यक्ष श्री लक्ष्मीप्रसाद साह कलवार सहित केही पधादिकारिमा क्रमशःउपाध्यक्ष (उद्योग तर्फ) श्री वीरेन्द्र प्रसाद चौधरी, महासचिव श्री शम्भु साह कलवार, र सदस्य (उद्योग तर्फ) श्री अर्जुन प्रसाईं चयन हुनुभएको छ भने केही पदका लागि भने असार १ गते निर्वाचन हुने तय भएको छ।
यश भन्दा अघि बारा उद्योग बाणिज्य संघको साखा कार्यलयको रुपमा अगाडि बडेको कार्यालय अब भने आफ्नै विधि बिधान अनुसार कोल्हवी नगर उद्योग बाणिज्य संघको रुपमा अघि बड्ने छ।
यश कार्यका लागि बारा उद्योग वाणिज्य संघको साखा कार्यालयका निबर्तमान अध्यक्ष महेस कुमार साहले अब कोल्हवीले आफ्नै नाम बाट संघ अगि बढनु पर्छ भनी भवन देखि नामाकरण समेत गर्नका लागि उहाँको अतुलनिय योगदान सहित मुख्य भुमिका समेत रहेको थियो।










