कोल्हवीमा१३ औं कार्यकुशलता तथा सिकाइ ब्यावस्थापन कार्यशाला कार्यक्रम सम्पन्न

कोल्हवी न्युज
२०७९ जेष्ठ २४, मंगलवार १०:१४ गते

कोल्हवी:तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबी बाराको आयोजना तथा नेफ्स्कुनको प्राबिधिक सहयोगमा यहि जेष्ठ २३ गते प्रोबेशन मध्ये तराइ क्लस्टर चौथोको १३ औं कार्यकुशलता तथा सिकाइ ब्यावस्थापन कार्यशाला कार्यक्रम(PALM WORKSHOP) कोल्हबीको तामागढी इभेन्ट भेन्यु प्रा.लि. को प्राङ्गणमा संस्थाका अध्यक्ष श्री राजहरण चौधरी ज्युको अध्यक्षता तथा कोल्हबी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख श्री रामप्रसाद चौधरी ज्युको प्रमुख आतिथ्यमा मध्ये तराइका विभिन्न जिल्लाका बचत तथा ऋण सहकारीको प्रतिनिधिहरुको उपस्थितिमा साथै नेफ्स्कुनका तालिम अधिकृत श्री बिदुर खड्का ज्युको सहजीकरणमा सफलता पुर्बक कार्यक्रम सम्पन्न गरियो।कार्यक्रम संस्थाका सचीव श्री पध्मजङ्ग प्याकुरेल ज्युले सन्चालन गर्नु भएको थियो उद्घाटन सत्रको कार्यक्रम प्रमुख अतिथी कोल्हबी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख श्री रामप्रसाद चौधरी ज्युले पानसमा बत्ति बालेर गर्नु भएको थियो साथै मन्तब्यको क्रममा उहाँले यस संस्थाको यसभेगमा परेको प्रभाव, बिगतमा भोग्नु परेको चुनौती , र यस संस्थाले आफ्नो बित्तिय उत्तरदायित्व , सामाजिक उत्तरदायित्व ,लगाएत कोल्हबी नगरकै अभिभावक सहकारीको रुपमा जिम्मेवारी निभाइ सदस्य तथा गैरसदस्य सबैको जिवनस्तरमा अत्यन्तै अनुकरणीय सहयोग गरेको भनी मुक्त कण्ठले प्रसंशा गरि सहभागी सम्पुर्णलाई स्मरण गराउनु भयो। शैक्षिकसत्र अन्तर्गत
प्रोबेशन मध्ये तराइ क्लस्टर चौथोको १३ औं कार्यकुशलता तथा सिकाइ ब्यावस्थापन कार्यशाला कार्यक्रम(PALM WORKSHOP) मा सहभागी सम्पुर्ण सहकारीको प्रतिनिधिहरुले आ-आफ्नो संस्थाको बित्तिय अवस्थाको बारेमा जानकारी दिने क्रममा संस्थाको तर्फबाट मुख्य प्रबन्धक श्री बासुदेव रिमाल ज्युले बित्तीय विवरण , पर्ल्स विश्लेषण, प्रस्तुत गर्नु भयो।
समापन सत्र
समापन सत्रको कार्यक्रममा मसिनो समिक्षा गरियो। आजको कार्यक्रम अति फलदायी रहेको निस्कर्ष सहित संस्थाको तर्फबाट सहभागी सम्पुर्ण सहकारीको प्रतिनिधि ज्युहरुलाइ मायको चिनो स्वरुप संस्थाको लोगो सहितको कप बितरण गरि संस्थाका अध्यक्ष श्री राजहरण चौधरी ज्युले आफ्नो मन्तब राख्दै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा सहित सहभागी सम्पुर्ण सहकारी कर्मी ज्युहरुलाइ संस्थाको सामान्य अवलोकन गराइ बिदाइ गरियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*