कोल्हवीमा विमानस्थल निर्माण गर्नै पर्छ भन्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोल्हवी न्युज
२०७९ जेष्ठ १९, बिहीबार १८:२४ गते

कोल्हवी:आज बाराको कोल्हवीमा कोल्हवि नगर उद्योग बाणिज्य संघको आयोजनामा सर्वोच्च अदालतले बारामा निर्माण हुने दोस्रो अन्तराष्ट्रिय विमानस्थल रोक लगाएपछि बिरोध अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कोल्हवी बजारको शुभबिहानी कटेजमा आज दिउँसो भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिति कोल्हवी नगरप्रमुख रामप्रसाद चौधरी , विशिष्ट अथितीमा पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेल अथितीहरुमा सपहि कलेज सभाका अध्यक्ष केवल चौधरी , एकीकृत समाजवादी कि केन्द्रीय सदस्य विभा कार्की , बारा जिल्ला भुमी सुधार आयोगको अध्यक्ष छविलाल उप्रेती,विमानस्थल सरोकार समितिको कोल्हवी नगर संयोजक ढुण्डीराज उप्रेती , तामागढी साझेदारी बन व्यवस्थापन समितिको अध्यक्ष रवीन्द्र पनुहर, काङ्ग्रेस नेतृ शुबद्रा धिमाल , माओवादी केन्द्रका नेता तपेश्वर चौधरी ,नेकपा एमाले कोल्हवी नगरकमिटी अध्यक्ष पुरनदेव चौधरी , माओवादी कोल्हवी नगरकमिटी अध्यक्ष रामचन्द्र साफी, एकीकृत समाजवादी कोल्हवी नगरकमिटी अध्यक्ष तेजप्रताप चौधरी, एमाले बारा जिल्ला सदस्य महेन्द्र जैसवाल , रेडियो पातालगंगाका धिरेन्द्र पनोहर रेडियो कोल्हवीका अनिल प्रित चौधरी , चेरवन्त खबरका सागर घोरसाईने लगायत सयौ सरोकारवालाको उपस्थिति रहेको थियो।अन्तरक्रिया कार्यक्रम को सभापतिको रुपमा कोल्हवी नगर उद्योग बाणिज्य संघ कोल्हवीका अध्यक्ष महेश साह रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन शम्भु साहले गर्नु भएको थियो।साथै स्वागत मन्तव्य कोल्हवी नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष रामु प्रसाईंले दिनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले कोल्हवी को भुभागमा बन्ने परियोजनामा कोल्हवी नगरको तर्फ बाट सक्दो सहयोग गर्ने बताउनु भयो , त्यस्तै पुर्व मन्त्री पौडेलले जसरी पनि विमानस्थल बारामा बन्नु को विकल्प नरहेको जिकिर गर्नु भयो भने सरोकार समितिका संयोजक उप्रेतीले साझा धारणा बनाएर जान पर्ने धारणा व्यक्त गर्नु भयो ।
साथै आज भएको कार्यक्रमले भोलि बेलुका कोल्हवी बजारमा सबैको पहलमा राके जुलुसको आयोजना गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*