तामागढिको बित्तिय शिक्षा एवम ब्यावसायिक ज्ञान तथा सदस्य शिक्षा तालिमको 2nd event करैयामाइमा
कोल्हवी:तामागढिको बित्तिय शिक्षा एवम ब्यावसायिक ज्ञान तथा सदस्य शिक्षा तालिमको 2nd event करैयामाइमा आज सम्पन्न भएको छ।तामागढि बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबी बाराको आयोजना, तथा नेपाल सरकार उद्योग बाणिज्य मन्त्रालय , ग्रामीण उधम तथा बिप्रेषण आयोजना “समृद्धि “को केही आर्थिक तथा प्राबिधिक सहयोगमा बित्तिय शिक्षा एवम ब्यावसायिक ज्ञान तथा सदस्य शिक्षा तालिमको 2nd event
करैयामाइ गा .पा.-६ ने रा आ बि सिहोर्वा को प्राङ्गणमा मा संस्थाका सह सचिब श्री रामकाजी खड्का ज्युको अध्यक्षता तथा करैयामाइ गा.पा. उपाध्यक्ष श्री चित्ररेखा चौधरी ज्युको प्रमुख आतिथ्यमा साथै संस्थाका नयाँबस्ती सेवाकेन्द्र सदस्य तेजकुमारी खड्का ज्यु, मुख्य प्रबन्धक बासुदेव रिमाल ज्यु लगाएत सेढवा र सिहोर्वाका व्यापक सहभागीहरुको सहभागितामा कार्यक्रम गरिएको थियो।