तामागढी बचत तथा ऋण सहकारीद्वारा बित्तिय शिक्षा एवम ब्यावसायिक ज्ञान तथा सदस्य शिक्षा तालिम प्रदान
कोल्हवी:तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबी बाराको आयोजना, तथा नेपाल सरकार उद्योग बाणिज्य मन्त्रालय , ग्रामीण उधम तथा बिप्रेषण आयोजना “समृद्धि “को केही आर्थिक तथा प्राबिधिक सहयोगमा बित्तिय शिक्षा एवम ब्यावसायिक ज्ञान तथा सदस्य शिक्षा तालिम
२०७८को 1sth event करैयामाइ गा.पा.-१ मा स्थापित श्री जनसामुदायिक मा.बि सहजौलिको भवनमा, संस्थाका सेवा केन्द्र नयाँबस्तीका साखा समिती सदस्य श्री राकेश प्रसाद साह ज्युको सभापतित्व सम्पन्न भएको छ।
करैयामाइ गा.पा.-१ का वडा अध्यक्ष श्री सोनालाल साह ज्युको प्रमुख आतिथ्य , संस्थाका मुख्य प्रबन्धक श्री बासुदेव रिमाल खोपवा सेवाकेन्द्र प्रमुख उमेश सापकोटा, नयाँबस्ती सेवाकेन्द्र प्रमुख सरस्वती खनाल, सहायक बिकास चौधरी लगायत संस्थाका स्थानीय सदस्य एवम आम सर्बसाधारण सहभागिको सकृय सहभागिता रहेको थियो।
कार्यक्रम आज मिति २०७८/१२/१८ मा औपचारिक रुपमा सुरु भयो, ,जसमा सकृय प्रशिक्षकको रुपमा कक्षा उमेश सापकोटाको रहयो, सहभागीहरुको गहिरो ध्यानाकर्षण गराउनु हुँदै मुख्यप्रबन्धक बासुदेव रिमालले सन्स्थाको गतिविधिबारे प्रकाश पार्नु भयो, कार्याक्रमको मन्तब्य कार्यक्रममा अतिथीज्युहरु, बिशिस्ट अतिथी ज्युहरु, र प्रमुख अतिथि ज्युले सान्दर्भिक मन्तब्य पनि दिनु भएको थियो।










