बारागढी गाउँपालिकामा खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला, नागरिक आरोग्य सेवा केन्द्र तथा बर्थिङ्ग सेन्टरको उद्घाटन

कोल्हवी न्युज
२०७८ चैत्र १६, बुधबार ०८:५२

कोल्हवी:बारा जिल्लाको बारागढी गाउँपालिकामा खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला, नागरिक आरोग्य सेवा केन्द्र तथा बर्थिङ्ग सेन्टरको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।

जिल्ला कै नमुना तथा उत्कृष्ट बारागढी गाउँपालिकाले बिभिन्न क्षेत्रमा बिकासको फड्को मार्दै जनताको सेवा सुबिधाको लागि तिन वटा सेवा केन्द्रको उद्घाटन गरेको हो ।

बिकासको क्षेत्रमा मंगलबार गरिएको तीन वटा सेवाको उद्घाटनमा पालिकाका जनप्रतिनिधि, कर्मचारी र जनताले विभिन्न क्षेत्रमा एक अर्कालाई सहयोग गर्दा मात्रै सम्भव भएको कुरा त्यस पालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले बताउनु भयो । त्यस पालिकाको ईमान्दारी र प्रगती देखेर विभिन्न संघ संस्थाले लगानी गरिरहेको प्रति खुशी व्यक्त गर्दै ८ वटा बिद्यालयमा प्रयोग मैत्री सौचालय र शुद्ध खाने पानीको ब्यबस्था भैसकेको र बाकी रहेका बिद्यालयमा पनि भौतिक संरचना तथा सेवा सुबिधा सहितको बिकास गर्ने योजना रहेकोले चाँडै नै सो कार्यमा पाईला अघि सार्ने बताउनु भयो ।
बिगत ५ बर्षको अवधिमा पालिकाले बजेट अनुसारको बिकास गरिसकेको कुरा प्रष्ट्यादै पालिका प्रमुख अध्यक्ष चौधरीले पुर्वाधार, शिक्षाको क्षेत्रमा बिकासको गति तिब्र रहेको र पालिकाका जनसमसदायका लागि अब १५ सैयाको अस्पतालको पनि आवश्यक्ता रहेकोले अस्पताल निर्माणका लागि १६ गते बुधबारको त्यसको पनि शिलान्यास गरिने कुरा बताउनु भयो । मन्तव्य कै क्रममा आफ्नो ५ बर्ष अवधिको कार्यकालमा २ बर्ष त कार्य बिधि सिक्नमा नै बितिसकेको र त्यस पश्चात प्रमुख प्रशासकीय अधिकृत चौधरी पालिकामा हाजिरी भएर काम शुरु गर्दा बिकास निर्माणको क्षेत्रमा काम गर्न एक दमै सहज भएको वडा नम्बर ३ का वडा अध्यक्षले बताए ।
कार्यक्रममा एन. इर्. जि. आर. पि. शिक्षाको जिल्ला संयोजक महेश जोशी र होम स्कुलिंग प्रोग्रामका ललन पटेललाई कामको उत्कृष्ट मुल्यांकन गरि प्रमाण पत्र सहित फुलमाला अबिर लगाई दोसल्ला आढाएर प्रसंशा गर्दै सम्मानित गरिएको छ!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*