बालबालिकालाई टाइफाइडविरुद्धको खोप कहिले लगाउने ?

नियमित खोप कार्यक्रममा टाइफाइडविरुद्धको खोप पनि समावेश हुँदै
कोल्हवी न्यूज
२०७८ चैत्र १५, मंगलवार ०९:०६

सरकारले बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशैभरका १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गरिनेछ ।

बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर टाइफाइडविरुद्धको खोप अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ । खोप लगाउने निश्चित मिति र स्थानको बारेमा स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गरी जानकारी लिन मनत्रालयले अनुरोध गरेको छ ।

यो अभियानपछि नियमित खोप कार्यक्रममा टाइफाइडविरुद्धको खोप पनि समावेश गरिने जानकारी दिएको स्वास्थ्य मन्त्रालयले १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइडविरुद्धको खोप प्रदान गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*