पथलैयाबाट भन्सारछलीको मालसामान बरामद
भारतबाट अवैद्ध रुपले नेपाल भित्रियाईएको भन्सार छलीको मालसामान प्रहरीले जितपुरसिमरा १ पथलैयाबाट सोमवार बरामद गरेको छ ।
प्रहरी चौकी पथलैयाका प्रमुख प्रहरी नायब निरिक्षक राधेमोहन कुशवाहाको नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधनलाई चेकजाच गर्ने क्रममा करीब एक लाख २७ हजार मुल्य बराबरको भन्सार छलीको मालसामान बरामद गरेको हो ।
भारतमा निर्मित मिट मसाला, पास्ता मसाला, अविर, ब्यालुन, बल पेन, भाडा माझ्ने जाली, मोटर पार्टस लगायतका माल समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
बरामद भएको मालसामान आवश्यक कानुनी कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । नियमित चेकजाच गर्ने क्रममा प्रहरी चौकी पथलैयाले दिनहु भन्सारछलीको मालसामान बरामद गर्न थालेको छ ।
सबभन्दा बढी पुर्वबाट काठमाण्डौं र पोखरा तर्फ जादै गरेको सवारीबाट भन्सारछलीको सामान बरामद हुने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय प्रहरी चौकी पथलैयाले यात्रुवाहक सवारी साधनमा निगरानी बढाएपछि धमाधम भन्सारछलीको मालसामान बरामद हुन थालेको जनाईएको छ ।