रुस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव सुनको बजारमा ,आज ९९ हजार ५ सय रुपैयाँ
२०७८ फाल्गुन १८, बुधबार १३:४८ गते

सुनको भाउ एकै दिन १९ सय रुपैयाँ बढेको छ ।
आज सुनको भाउ ९९ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ९७ हजार ६ सय रुपैयाँ थियो । रुस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव सुनको बजारमा पनि परेको छ । यस्तै, अमेरिका लगायत पश्चिमा राष्ट्रले रुसमाथि प्रतिबन्ध लगाएका कारण पनि भाउ बढेको उहाँको भनाइ छ । यस्तै, आज चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ पुगेको छ ।










