कोल्हवी नगरमा प्रभावकारी सहकारीको पहिलो इस्मार्ट बैङ्किङ सुरु
बारा,कोल्हवी नगरपालिका-८ नया बस्तिमा कोल्हवी नगरपालिका मै पहिलो सहकारी smart banking सेवा सुरु गरेको सन्स्थाका अध्यक्ष किशोर बस्नेत ले कोल्हवी न्युज लाई बताउनु भयेको छ! यस संस्थाबाट सुचारु गरीएको एप बाट संस्थाका सबै शेयर सदस्यहरूआई थप सुबिधा हुने सहज तरिकाले कारोबार गर्न सकिने सन्स्थाले बताएको छ!
अब आफ्नै मोबाइलबाट सम्पूर्ण बैंकिङ कारोबार ,घरमै बसी बसी मोबाइल ब्यालेन्स ट्रान्सफर,बिजुली बत्ती काे बिल , इन्टरनेट बिल भुक्तानी, बैंक खाता मा ब्यालेन्स ट्रान्सफर आदि कार्यहरू गर्न सकिने भयेको छ। यो सुबिधा ल्याये संगै सम्पुण सेयर सद्स्यहरु खुशी भयेका छन।थप जानकारीका लागीआफ्ना शेयर सदस्यहरुलाई सन्स्थामा सम्पर्क राख्न समेत अनुरोध गरेको छ।










