श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ

कोल्हवी न्यूज
२०७८ फाल्गुन ११, बुधबार २०:४२

महोत्तरी प्रहरीले श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित बुधबार एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहकार राज्य अन्तर्गत सितामढी जिल्ला सिरसिया ग्राम पञ्चायत १४ निवासी ३० बर्षीय दीपक कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

भारत बीआर३०एडी ८३४६ नम्बरको मोटरसाइकलमा सबार भएर भारतबाट नेपालतर्फ आइरहेका चौधरीलाई मनरासिस्वा नगरपालिका २ कट्टीस्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

चौधरीले लगाएको टिसर्ट भित्र कम्मरको भागमा वाँधी बोकेको कपडाको थैली भित्र लुकाएर ल्याउँदै गरेको उक्त रकम बरामद भएको र उनलाई रकमसहित आवश्यक कार्वाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*